७ जेठ, २०८१ सोमबार

08:33:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत साता घटेको नेप्से, यो साता के होला ?

२२ साउन, २०७९

गत साता घटेको नेप्से, यो साता के होला ?

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंकले घटेर बन्द भएको छ । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता २६.८४ अंक अर्थात १.२५ प्रतिशत घटेर २११३.५५ विन्दुमा बन्द भएको हो। साताको ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो ।

गत साता पहिलो दुई कारोबार दिन नेप्से बढेको थियो भने बाँकी ४ दिन घटेको थियो । नेप्से घटे पनि गत साता भोल्यूम भने बढेको छ । गत साता नेप्सेमा दैनिक औसतमा ३ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । यससँगै नेप्सेको २० दिने औसत भोल्यूम २ खर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक ६.६९ प्रतिशत घटेको छ ।

नेप्सेजस्तै यस उपसमूहको पाँच दिने इएमए पनि २० दिने इएमएभन्दा माथि छ । साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिस मैनबत्ती बनाएको छ । जसले सो दिन बजारमा बिक्रीकर्ताहरूको चाप बढेको संकेत गर्दछ ।

 यो साताको सेयर बजार कर्ता जाने हो भन्ने लगानीकर्ताको चासोको बिषय रहेको छ । बजेट भाषण पछि निरन्तर घटेको सेयर बजार मौद्रिक नीतिपछि बढ्न थालेको छ । मौद्रिक नीतिले केही हदसम्म माग सम्बोधन गरेको हुनाले पनि सेयर बजारमा सेयर लगानीकर्ताहरु पुनः फर्किन थालेका छन् । लगानीकर्तामा उत्साहा थपिएसँगै बजारमा रौनकता छाएको छ । अबको दिनमा सेयर बजार सकारात्मक दिशातिर जाने देखिन्छ ।