२७ बैशाख, २०८१ बिहिबार

07:10:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

२२ साउन, २०७९

ज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ का लागि लाफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले लाभांश वितरण नगर्ने भएपछि सेयरधनीको हात खाली हुने भएको हो ।

साथै कम्पनीले आर्थिक वर्ष २०७७।७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ। हाल ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । ज्योति लाइफले मर्जर प्रस्ताव पारित गर्न साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा विशेष साधारणसभा बोलाएको छ ।