२६ बैशाख, २०८१ बुधबार

04:01:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश , बोनस र नगद कति ?

२२ साउन, २०७९

 एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश , बोनस र नगद कति ?

काठमाडौं ।  एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को संचित नाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुंजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तामा वितरण गरीने कम्पनीले जनाएको छ।