८ बैशाख, २०८१ शनिबार

12:10:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ८६ घर निर्माण

Nepal Business

२१ साउन, २०७९

निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ८६ घर निर्माण

तनहुँ,
जनता आवास कार्यक्रमअन्र्तगत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ ।

जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिनुभयो । 

आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । 

जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उहाँले बताउनुभयो । 

निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । 

दुई भवन निर्माण सम्पन्न 

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवनको निर्माण सम्पन्न गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा सम्पन्न गरेको हो ।

विसं २०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं २०७८ फागुन ३० गते निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी भिमाद सामुदायिक भवनको रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण सम्पन्न गरिएको छ । स्टकचर थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्वि हुन गएको इञ्जीनियर मिश्रले बताउनुभयो । 

दुई झोलुङ्गे पुल निर्माण सम्पन्न 

जिल्लामा निर्माणाधीन तीनवटा झोलुङ्गे पुलमध्ये दुई पुलको निर्माण सम्पन्न भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो । 

जिल्लाको भानु नगरपालिका–३ खहरेबाट नारायणचौर गोरखा जोड्ने पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको छ । उक्त पुल निर्माणपश्चात सयौँ मानिस लाभान्वित भएको बताइएको छ ।