१६ चैत, २०८० शुक्रबार

08:24:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता रहने भूमिमन्त्री श्रेष्ठको भनाइ

Nepal Business

१७ चैत, २०७९

उहाँले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उहाँले भन्नुभयो ।

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता रहने भूमिमन्त्री श्रेष्ठको भनाइ

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताउनुभएको छ । 

पदबहाली गर्दै उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।” 

पदबहाली गर्दै उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।” 

उहाँले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उहाँले भन्नुभयो । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठ गत मङ्सिर ४ गतेको निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।