८ बैशाख, २०८१ शनिबार

04:25:04 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदमा दर्ता भयो सम्पति शुद्धिकरणसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक

Nepal Business

२७ माघ, २०७९

उक्त विधेयकमा विभिन्न १७ वटा ऐन संसोधनका लागि प्रस्ताव गरिएको छ ।

संसदमा दर्ता भयो सम्पति शुद्धिकरणसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक

सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक आज संसदमा दर्ता गराएको छ ।  

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसदको प्रतिनिधिसभामा विद्येयक दर्ता गरेको हो । कानुनमन्त्री ध्रुवहादुर प्रधानले विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो ।  उक्त विधेयकमा विभिन्न १७ वटा ऐन संसोधनका लागि प्रस्ताव गरिएको छ । 

सरकारी विधेयकमा निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, नेपाल राष्ट्र बैंक ऐन २०५८ को केही बुँदा संसोधन दर्ता गरिएको छ । 

यस्तै दामासाही सम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, मावन बेचबिखन तथा ओसार पसार ९नियन्त्रण० ऐन २०६४, सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन २०६४ को केही दफामा पनि संसोधन दर्ता गरिएको छ । 

यस्तै कसुरजन्य सम्पत्ति तथा साधान (रोक्का नियन्त्रण र जफत) ऐन २०७०, पारस्परिक कानूनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, विद्युत नियमन आयोग ऐन २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि सहिता २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, बीमा ऐन २०७९ का केही बुँदा पनि संशोधनका लागि सदनमा प्रस्ताव गरिएको छ ।