२३ बैशाख, २०८१ आइतबार

02:11:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सप्तकोसी बाढीपीडितका लागि आउन थाल्यो राहत

Nepal Business

२० साउन, २०७९

उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ । प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग दिइएको छ ।

सप्तकोसी बाढीपीडितका लागि आउन थाल्यो राहत

उदयपुर,
उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा  सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ ।

 नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ ।  

नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ । 

उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ । प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग दिइएको छ । 

बाढी पीडितलाई नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको र उनीहरुलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको नपुग व्यवस्था नगरपालिकाले गरिरहेको छ । 

सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।