६ जेठ, २०८१ आइतबार

03:25:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

२० साउन, २०७९

हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमई क्यापिटलबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ असोज १२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको कम्पनीको अधिकृत पुँजी रु १९८ करोड तथा जारी पुँजी रु १०९.५० करोड रहेको छ ।

सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात रु। ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात रु १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँड समेत गरिसकिएको  छ ।