१६ बैशाख, २०८१ आइतबार

10:15:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई सम्बोधन गरेर मात्र मर्जर प्रक्रिया अगाडि बढाउनु पर्छः फियुन

Nepal Business

२० साउन, २०७९

 बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई सम्बोधन गरेर मात्र मर्जर प्रक्रिया अगाडि बढाउनु पर्छः फियुन

काठमाण्डौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन)ले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयमा सम्बोधन नभई मर्जर प्रक्रिया अगाडि बढाउन नहुने बताएको छ। 
शुक्रबार संघले संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्दै बीमा समितिका अध्यक्षलाई पत्राचार गरेको हो । 

हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र ‘कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ’ भन्ने उल्लेख छ । तर यो  शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन होला भन्ने कुरामा विश्वस्त हुन नसकिने संघले जनाएको छ । संघले यस बारे विभिन्न ४ बुंदे माग आगाडी सारेको छ  ।

बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि स्पष्ट निर्देशन जारी गर्नको लागि समितिका अध्यक्षलाई संघले आग्रह गरेको छ  । नियामक निकायद्वारा नै यस बिषयमा ठोस कदम चालिनु पर्ने संघको माग छ ।