६ जेठ, २०८१ आइतबार

04:14:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति पाउला मन्दाकिनी हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ?

२० साउन, २०७९

कति पाउला मन्दाकिनी हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । उक्त आईपीओ साउन १७ गते नै बाँडफाँड भइसकेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ मन्दाकिनी हाइड्रोपावर कम्पनी । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३ सय ६ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।