७ जेठ, २०८१ सोमबार

09:31:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घट्दा शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२० साउन, २०७९

सेयर बजार घट्दा शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सेयर बजार घटेको छ । धितोपत्र बोर्ड र नेप्सले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको छ ।सोही हल्लाले पनि आजको सेयर बजारलाई प्रभाव पारेको हो ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको छ । यस दिन २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार सेयर बजारमा गिरावट आउँदा पनि शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर यस दिन १५ करोड ६६ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्ते, नबिल बैंकको १४ करोड १४ लाख १४ हजार रुपेैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ६४ लाख २४ हजार रुपैयाँ, अपी पावरको ५ करोड ६७ लाख ८० हजार रुपैयाँ र अरुण काबेली पावरको ५ करोड ६० लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।