७ जेठ, २०८१ सोमबार

08:48:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ३४.८५ अंकको गिरावट, कति भयो कारोबार ?

Nepal Business

२० साउन, २०७९

सेयर बजार घट्दा २ अर्ब ६२ करोड ६१ लख ५४ हजार ९४८ रुपैयाँको कारोबार

सेयर बजारमा ३४.८५ अंकको गिरावट, कति भयो कारोबार ?

काठमाण्डौं । यस साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स चेञ्ज (नेप्से)का अनुसार शुक्रबार सेयर बजार ३४.८५ अंकले घटेर नेप्से परिसूचक २१ सय १३.३० विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा २ अर्ब ६२ करोड ६१ लख ५४ हजार ९४८ रुपैयाँको कारोबार भएको छ भने ६४ लाख १६ हजार ६२९ सेयर कित्ता किनबेच भएका छन् । 

आज म्युचल फण्ड बाहेक १२ उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा जोशी हाइड्रोपावर कम्पनी ५.९१ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत ३.९४ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था ३.१४ प्रतिशतले बढेका छन् ।