७ जेठ, २०८१ सोमबार

08:04:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा हिमालयन हाइड्रोको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२० साउन, २०७९

नेप्सेमा हिमालयन हाइड्रोको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि HHL सिम्बोल प्राप्त गरेको छ ।