७ जेठ, २०८१ सोमबार

09:31:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले घोषणा गर्यो लाभांश , कुनको कति ?

२० साउन, २०७९

एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले घोषणा गर्यो लाभांश , कुनको कति ?

काठमाडौं ।  एनएमबि क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । क्यापिटलले गत आर्थिक बर्षको मुनाफाबाट ‘एनएमबि फिफ्टी’ र ‘एनएमबि हाईब्रिड फन्ड एल–१’को लाभांश घोषणा गरेको हो ।

एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई पनि २१.०५२३६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो ।  यसको अर्थ  साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।