७ जेठ, २०८१ सोमबार

07:38:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

२० साउन, २०७९

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरीएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आईपीओमा अब भदौ ५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। यो आईपीओमा स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आईपीओमा लगानीकर्ताहरुले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।