७ जेठ, २०८१ सोमबार

07:59:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीकर्तालाई बोलेर होइन काम गरेर देखाउछुः अध्यक्ष हमाल

१९ साउन, २०७९

लगानीकर्तालाई बोलेर होइन काम गरेर देखाउछुः अध्यक्ष हमाल

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड ९सेबोन०का अध्यक्ष रमेशकुमार हमालले आफूले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले लगानीकर्ता बचाऊने बोलेर नभइ काम गरेर रहेको बताउनुभएको छ ।

उहाँले आफुले कार्यभार सुरु गरेदेखि नै लगानीकर्ताहरुको हितमा काम गरेकोले जनाउँदै लगानीकर्तालाई बोलेर होइन गरेर देखाउँने यदि गर्न नसकेमा निकालेर फाल्न पनि सक्ने बताउनुभएको छ ।

साथै उहाँले यस वर्ष भित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्ने घोषणा पनि गर्नुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भन्नुभयो, ‘मैले मेरो कार्यकाल भित्र एक इन्स्टिच्युट खोल्ने सोचेको छु । यही २०८९ सालभित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्ने हाम्रो योजना रहेको छ ।’