७ जेठ, २०८१ सोमबार

06:41:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारको सेयर कारोबार बन्द हुने

१९ साउन, २०७९

शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं । शुक्रबारको कारोबार छिट्टै बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार छिट्टै बन्द हुने बताउनुभएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहीबार काठमाडौंमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा फुयाँलले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताउनुभएको हो ।

यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबारमात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको थियो । तर अब शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से रहेको छ ।