१६ बैशाख, २०८१ आइतबार

05:25:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन

१९ साउन, २०७९

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गरेको छ।

सेयर संरचना परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो। सो पश्चात् अब कम्पनीको सेयर संरचना ५१ः४९ अनुपातमा कायम हुनेछ । यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व थियो।