७ जेठ, २०८१ सोमबार

11:15:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा गिरावट आउँदा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ साउन, २०७९

सेयर बजारमा गिरावट आउँदा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ ।

यस दिन२१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सेयर बजारमा गिरावट आउँदा शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको १३ करोड १७ लाख ४० हजार रुपैयाँ, अपी पावरको १२ करोड ७९ लाख ३२ हजार रुपैयाँ, यूनिभर्सनल पावरको ७ करोड ८० लाख ९७ हजार रुपैयाँ र गोर्खास फाइनान्सको ७ करोड ५२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।