७ जेठ, २०८१ सोमबार

07:38:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३८.६१ अंकले घट्यो सेयर बजार, ३ अर्ब ७६ करोड बढिको कारोबार

१९ साउन, २०७९

३८.६१ अंकले घट्यो सेयर बजार, ३ अर्ब ७६ करोड बढिको कारोबार

काठमाडौं । साताको पाँचौं कारोबारको दिन आज (बिहिबार) सेयर बजार दोहोरो अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ । यस दिन २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन बलेफी हाइड्रोपार लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर छ । बिहीबार शिवम् सिमेन्टको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै,यस दिन युनाइटेड इमीमर्दी आरबी हाइड्रोपारको सेयरमूल्यमा सबैभन्दा बढी घटेको भएको छ । यस कम्पनीको सेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।