७ जेठ, २०८१ सोमबार

08:04:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन

Nepal Business

१९ साउन, २०७९

लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन

काठमाण्डौं । लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । बिहीबारदेखि क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको हो । 

जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जानकारी दिएको हो । 

यसमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ २ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।