७ जेठ, २०८१ सोमबार

10:13:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआइसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी खरिद गर्ने आज अन्तिम दिन

Nepal Business

१९ साउन, २०७९

एनआइसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौं । एनआइसी एसिया र नेपाल लाइफको संस्थापक सेयर खरिद गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । एनआइसी एसियाको ७ लाख १७ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर लिलामीमा रहेको छ ।

लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४२५ रुपैयाँ र नेपाल लाइफको सेयरमा न्यूनतम ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सो सेयर खरिदका लागि आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

दुवै कम्पनीको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।