६ जेठ, २०८१ आइतबार

02:46:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई पटक मूल्य घट्दा पनि आयल निगमले घटाएन इन्धनको मूल्य, पेट्रोलमा नाफा कमाउन थाल्यो

Nepal Business

१८ साउन, २०७९

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

दुई पटक मूल्य घट्दा पनि आयल निगमले घटाएन इन्धनको मूल्य, पेट्रोलमा नाफा कमाउन थाल्यो

काठमाडौँ 

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने जनाएको छ । 

यसअघि घटेर आउँदा पनि निगमले यस्तै गरी मूल्य नघटाइ राखेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ ।

यसअघि घटेर आउँदा पनि निगमले यस्तै गरी मूल्य नघटाइ राखेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । 

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।