७ जेठ, २०८१ सोमबार

08:48:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ६.७१ अंकको गिरावट, ४ अर्बभन्दा बढिको कारोबार

Nepal Business

१८ साउन, २०७९

सेयर बजारमा ६.७१ अंकको गिरावट, ४ अर्बभन्दा बढिको कारोबार

काठमाण्डौं । सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ६.७१ अंकले घटेर नेप्सेपरिसूचक २१ सय ८६.७७ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार कारोबार भने बढेको छ । बुधबार  ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँको कारोबार भएको छ भने ९५ लाख ४२ हजार ६०७ कित्ता सयेर किनबेच भएका छन् । 

आज ९ वटा उपसूचकहरु घटेका छन् भने ४ वटा बढेका छन् । कम्पनीहरुमा समलिङ पावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने बलेफी हाइड्रोपावर ९.९७ र युनाइटेड आइडीआई आरबी हाइड्रोपावर ८.९६ प्रतिशतले बढेका छन् ।