७ जेठ, २०८१ सोमबार

07:20:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ अर्बमाथिको कारोबार हुँदा बुधबार यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

१८ साउन, २०७९

४ अर्बमाथिको कारोबार हुँदा बुधबार यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सातोको चौथो कारोबारको दिन बुधबार सेयरबजार झिनो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको छ ।

बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको छ । ४ अर्बमाथिको कारोबार हुँदा यस दिन शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड ३४ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

 त्यस्तै, अपि पावरको १५ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख र युनाइटेड इदि मार्दिको ११ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।