८ बैशाख, २०८१ शनिबार

03:49:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा लागूः उपत्यकामा ३० प्रतिशत, बाहिर ४० प्रतिशतसम्म

१८ साउन, २०७९

जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा लागूः  उपत्यकामा ३० प्रतिशत, बाहिर ४० प्रतिशतसम्म

काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा लागू भएको छ ।  मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज बुधबार जारी गरेको निर्देशनमा घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

यसअनुसार बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयर धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रतिग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्। 

यसअघि धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाडौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो।