७ जेठ, २०८१ सोमबार

07:59:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न राष्ट्र बैंकले ब्रोकर नं ५५ लाई दियो अनुमति

१८ साउन, २०७९

मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न राष्ट्र बैंकले ब्रोकर नं ५५ लाई दियो अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.ली (ब्रोकर नं ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गरेको छ । योसँगै ब्रोकरहरुलाई मार्जिन कारोबार सुरु गर्न बाटो खुलेको छ। राष्ट्र बैंकले साउन १६ गते ब्रोकर नं ५५ लाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति दिएको हो ।

नेप्सेको सिफारिस बमोजिम नेपाल धितोपत्र बोर्डको नीति निर्देशन एवम् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट जारी मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ अनुसार तोकिएका प्रावधानका सीमाभित्र रही तथा अन्य प्रचलित कानुनको परिपालना भए नभएको नेप्सेबाट यकिन गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।