६ जेठ, २०८१ आइतबार

05:39:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौ ६ गतेदेखि हकप्रद निष्कासन गर्दै बरुण हाइड्रोपावर, क -कसले दिन पाउँछन् आवेदन ?

१८ साउन, २०७९

भदौ ६ गतेदेखि हकप्रद निष्कासन गर्दै बरुण हाइड्रोपावर, क -कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २ गते बुकक्लोज गरेको थियो । त्यसैले, साउन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा भदौ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।