७ जेठ, २०८१ सोमबार

08:04:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

१८ साउन, २०७९

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड​को बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको २२ लाख २२ हजार ७ सय १५ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड​को २१.५० प्रतिशत बोनस बापतको ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।