६ जेठ, २०८१ आइतबार

02:59:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१८ साउन, २०७९

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं ।  श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज (बुधबार) बाँडफाँड गरिएको छ। कम्पनीकोे आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा बिहान ९ बजे भएको हो।

कम्पनीले गत साउन ४ गतेदेखि साउन ८ गतेसम्म १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १५ लाख ४३ हजार ९४५ आवेदकबाट कुल १ करोड ७० लाख ७२ हजार ८७० कित्ता सेयर माग भएको थियो। तीमध्ये १५ लाख ३९ हजार ५०५ आवेदकबाट परेको १ करोड ७० लाख १५ हजार ७९० कित्ता सेयर मात्र सदर भएको छ। बाँकी ४ हजार ४४० आवेदकबाट माग भएको ५७ हजार ८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये २० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने भाग्यमानी ५ जनाले थप १–१ सेयर पाएका छन्। भने १३ लाख १२ हजार ५०३ जनाको हात खाली भएको छ।

कम्पनीको आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/ बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेडः https://www.sanima.capital/ श्वेतगंगा हाइड्रोपावरको वेबसाइटः https://swetgangahydropower.com/सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login