१९ बैशाख, २०८१ बुधबार

07:32:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइनलमा पुग्ला त नेपाल ?

Nepal Business

१७ साउन, २०७९

नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ ।

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइनलमा पुग्ला त नेपाल ?

काठमाडौँ,
साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोकेको छ । 

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ । 

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ । 

नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।  बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । 

बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल पनि मंगलबार नै भएको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स १ अङ्क जोडेर  प्रतियोगिताबाट बाहिरिसकेको छ । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो  । खेलको ६३औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले एक गोल गर्दै बङ्गलादेशलाई सुरुआत अग्रता दिलाए । 

बङ्गलादेशको १ शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६८औँ मिनेटमा नीरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।