१४ बैशाख, २०८१ शुक्रबार

01:51:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

Nepal Business

३ जेठ, २०८०

प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक/एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद रु चार हजार हात पारे ।

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ ।

आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ ।  उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ । 

आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ ।  उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ । 

प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक/एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद रु चार हजार हात पारे । 

त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले रु सात÷सात हजार नगद र ट्रफी हात पारे ।