८ बैशाख, २०८१ शनिबार

02:33:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उदीयमान दुई गल्फरको देश चिनाउने सपना

Nepal Business

१८ चैत, २०७९

प्रत्येक प्रतियोगिता आफ्ना लागि सिकाइ र सीप निखार्ने अवसर भएको आचार्यले बताए । त्यसको दुई दिनपछि अर्थात् शुक्रबार प्रतियोगिता सम्पन्न हुँदा उनले उपाधि उचाले ।

उदीयमान दुई गल्फरको देश चिनाउने सपना

रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए । उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२(२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल पूरा गरेर फर्किएका थिए ।

प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित देखिन्थे । “हालसम्मको खेल प्रदर्शनबाट सन्तुष्ट छु”, उनले रासससँग खुसी व्यक्त गरे, “अहिलेसम्म ‘अन्डर’मै खेलिरहेको छु, जारी प्रतियोगितामा राम्रै परिणाम आउनेमा आशावादी छु ।” 

प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित देखिन्थे । “हालसम्मको खेल प्रदर्शनबाट सन्तुष्ट छु”, उनले रासससँग खुसी व्यक्त गरे, “अहिलेसम्म ‘अन्डर’मै खेलिरहेको छु, जारी प्रतियोगितामा राम्रै परिणाम आउनेमा आशावादी छु ।” 

प्रत्येक प्रतियोगिता आफ्ना लागि सिकाइ र सीप निखार्ने अवसर भएको आचार्यले बताए । त्यसको दुई दिनपछि अर्थात् शुक्रबार प्रतियोगिता सम्पन्न हुँदा उनले उपाधि उचाले ।

आचार्यले उपाधिमात्र चुमेनन् । उनले उपाधिसँगै उक्त प्रतियोगिता जित्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । 

यसअघि उक्त कीर्तिमान सुभाष तामाङको नाममा थियो । तामाङले १६ वर्ष ११ महिनामा सो कीर्तिमान बनाएका थिए । आचार्यले भने १६ वर्ष १० महिनामै उपाधि जितेर तामाङको कीर्तिमान तोडेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा उनै तामाङ चौथो र एमेच्योरतर्फ दोस्रो स्थानमा रहे ।

केही समयअघि बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ३६औँ बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा यही तामाङ र आचार्यको जोडी नेपालका लागि स्वर्ण पदक जित्न सफल भएको थियो । आचार्य चार वर्षको उमेरदेखि नै गल्फ खेल्न थालेका हुन् । 

हाल उनी १६ वर्षका भए । परिवारमा गल्फ खेल्ने आचार्य तेस्रो पुस्ताका हुन् । उनका बुबा दीपक आचार्य नेपाल गल्फ सङ्घमा महासचिवका साथै गोकर्ण गल्फ क्लबका सिनियर निर्देशकसमेत हुनुहुन्छ ।

बुवा गल्फ खेल्ने भएकाले सद्भावको रुचि सानैदेखि यसतर्फ बढेको हो । फलस्वरुप उनी जुनियर गल्फर हुँदै यतिबेला एमेच्योर गल्फरका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । 

“पढाइ र खेल सँगसँगै अघि बढाएको छु”, उनले भने, “अहिलेसम्म दुवै कामका लागि समयको व्यवस्थापन गरेकै छु ।” सद्भाव हाल अनलाइनमार्फत काठमाडौँ वल्र्ड स्कुलको पढाइ र भारतको बैङ्ग्लोरस्थित गल्फ एकेडेमीमा बसेर गल्फ प्रशिक्षणलाई अघि बढाउन सफल भएका छन् । “बैङ्ग्लोरको प्रशिक्षणले मलाई एकदमै मद्दत पुगेको छ, दिनप्रतिदिन अभ्यस्त हुँदैगएको छु”, उनले भने ।

नेपालका नम्बर वान एमेच्योर गल्फर सुभाषको कथा भने ठ्याक्कै विपरीत छ । कक्षा ३ सम्मको मात्र अध्ययन पूरा गरेका तामाङ १० वर्षको उमेरमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ भारदेउबाट कामको खोजीमा भौँतारिँदै त्रिभुवन विमानस्थल नजिक माइजुकहाँ आइपुगेका थिए । माइजु नजिकैको होटलमा काम गर्थिन् भने माइजुको छोरा गल्फ कोर्समा काम गर्थे ।