७ जेठ, २०८१ सोमबार

06:57:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा सामान्य गिरावट आउदा यी कम्पनीको सर्वाधिक कारोबार

Nepal Business

१७ साउन, २०७९

सेयर बजारमा सामान्य गिरावट आउदा यी कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ । 

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको हो ।

आज नेप्सेमा झिनो गिरावट आउँदा शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर आज २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

यस्तै हिमालयन डिस्टलरीको ९ करोड ९५ लाख ४३ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघवित्तको ९ करोड २४ लाख ७३ हजार रुपैयाँ, गुडवइन फाइनान्सको ९ करोड ४ लाख ३० हजार रुपैयाँ र यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ७ करोड ६० लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।