७ जेठ, २०८१ सोमबार

09:31:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

Nepal Business

१७ साउन, २०७९

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाण्डौं । सेयर बजार झिनो अंकले ओरालो लागेको छ । सोमबार झिनो अंकले बढेको सेयर बजार मंगलबार भने झिनो अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २.८१ अंकले घटेर नेप्से परिसूचक २१ सय ९३.४३ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँको कारोबार भएको छ भने ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ६ उपसमुहहरुमा बढेका छन् भने बाँकी सबै घटेका छन् । कम्पनीहरुमा बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी ९.९९ प्रतिशत, समलिङ पावर कम्पनी ९.९८ प्रतिशत र हिाल दोलखा हाइड्रोपावर ९.९७ प्रतिशतले बढेका छन् ।