१६ बैशाख, २०८१ आइतबार

02:05:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु इन्स्योरेन्स कम्पनी २७ औँ वर्षमा प्रवेश

Nepal Business

१७ साउन, २०७९

प्रभु इन्स्योरेन्स कम्पनी २७ औँ वर्षमा प्रवेश

काठमाण्डौं । प्रभु इन्स्योरेन्स कम्पनी २७ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय सुरु गरेको थियो । 

कम्पनीले ५ करोड रुपैयाँ पूँजी सहित कारोबारको सुरुवात गरेको थियो । आज कम्पनीको पूँजी एक अर्ब २८ करोड रुपैयाँको भएको छ ।

एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय सुरु गरेको कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स कम्पनी राखिएको थियो ।

प्रभु समुहले खरिद गरे सँगै सेयरधनीहरुले नियमित रुपमा लाभांश प्राप्त गर्दै आएका छन् । यस अवधिमा कम्पनीले एक पटक ४६ प्रतिशत र दोस्रो पटक ५० प्रतिशत हकप्रद मार्फत शेयरधनीहरुसँग ५० करोड ९१ लाख रुपैयाँ संकलन गरेको छ । 

कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ हुनुहुन्थ्यो । पहिलो प्रवन्ध सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठ हुनुहुन्थ्यो । कम्पनीले सेयरधनीहरुलाई हरेक वर्ष औषतमा पनि १४/१५ प्रतिशत हाराहारी प्रतिफल दिदै आएको छ । जसलाई औषतमा राम्रो प्रतिफल मानिन्छ ।

विगत ६ र ७ वर्षको अवधिमा कम्पनीले बीमा शुल्क आर्जनलाई दोब्बर बनाउन सफल भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।

साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । भोलिका दिनमा अझ सरल सुलभ ग्णस्तरीय एवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीलाई अझै बलियो र ससक्त बनाउनका गत असार ३१ गते प्रभुले अजोड सँग मर्जरको सहमति गरेको छ ।