१६ बैशाख, २०८१ आइतबार

06:39:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेको इनसुरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

Nepal Business

१७ साउन, २०७९

नेको इनसुरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौं । नेको इनसुरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम यहि साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको हो। 
यस तालिमा न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका इच्छुक व्यक्तिहरुले बीमा अभिकर्ता तालिम लिन सक्नेछन् ।

तालिम लिन इच्छुकहरुले कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यायहरुमा यहि साउन २० गतेसम्म निवेदन दिन सक्नेछन् । अभिकर्ता इजाजत शुल्क एक हजार रुपैयाँ रहेको छ । कम्पनीले उक्त तालिम भर्चुअल माध्यमबाट सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको सूचना भनिएको छ, ‘यस कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएकोले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक नेपाली नागरिक एवं। बीमा अभिकर्ता भई कार्य गर्न उद्देश्य भएका संस्थारुले यस कम्पनीको सम्पर्क गर्न जानकारी गराइन्छ ।’