७ जेठ, २०८१ सोमबार

04:26:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँचथर पावर कम्पनीको खुद नाफा १६ करोड १० लाखभन्दा बढी

Nepal Business

१७ साउन, २०७९

पाँचथर पावर कम्पनीको खुद नाफा १६ करोड १० लाखभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेडले १६ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.२९ प्रतिशतले बढि हो ।

कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म रू. ३ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको वित्तीय खर्च करिब ११ प्रतिशत कम हुनु र विद्युत विक्री आम्दानी करिब २७ प्रतिशत बढ्नुले खुद नाफामा उल्लेख्य वृद्धि दखिएको कम्पनीले जनाएको छ । 

कम्पनीको तथ्यांक अनुसार गत वर्ष कम्पनीले विद्युत विक्रीबाट ४० करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्ष ३१ करोड ८६ लाख रुपैयाँभन्दा बढी थियो ।

गत वर्ष वित्तीय खर्च ११ करोड ३९ लाखभन्दा बढी मात्र भएको छ । अघिल्लो वर्ष  वित्तीय खर्च १२ करोड ७५ लाख रुपैयाँभन्दा बढी भएको थियो । 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६.७४ रहेको छ भने प्रतिसेयर नेटवर्थ रु ११२.०५ रहेको छ ।

यसैगरी कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्ष ४५ करोड ६९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष सुधारिएर ११ करोड ६० लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।