७ जेठ, २०८१ सोमबार

10:20:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल दोलखा हाइड्रोपावरको कारोबार फुकुवा

Nepal Business

१७ साउन, २०७९

 हिमाल दोलखा हाइड्रोपावरको कारोबार फुकुवा

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबारको निर्णय अनुसार  आज मंगलबारबाट यो कम्पनी सेयर कारोबार फुकुवा गरिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले गत साउन १४ गतेबाट कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो।

कम्पनीको संचालक समितिले कारोबार चलिरहेको समयमै ७५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा बारे नेप्सेलाई जानकारी गराएपछि नेप्सेले कारबाही गरेको थियो ।