७ जेठ, २०८१ सोमबार

08:33:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५/५ प्रतिशत नगद लाभांश वितरण गर्दै लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नत्ती कोष

Nepal Business

१७ साउन, २०७९

५/५ प्रतिशत नगद लाभांश वितरण  गर्दै लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नत्ती कोष

काठमाण्डौं । लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नत्ती कोषले ५/५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने भएका छन् । 

लक्ष्मी क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८÷०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८÷०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ ।