७ जेठ, २०८१ सोमबार

08:04:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

Nepal Business

१७ साउन, २०७९

मन्दाकिनी हाइड्रोपावरको आइपीओ  आज बाँडफाँट हुँदै

काठमाण्डौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज मंगलबार बाँडफाँट हुने भएको छ । आइपीओको बाडँफाँट आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाण्डौंमा दिउँसो ४ बजे हुने तयारी गरिएको छ । 

कम्पनीको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ । किनकी आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । 
 
आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६।५३ गुणा बढी आवेदन हो । 
 
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यस मध्ये ५५ अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 
 
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।