७ जेठ, २०८१ सोमबार

07:59:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आइपीओ खरिद गर्ने आज अन्तिम दिन

Nepal Business

१७ साउन, २०७९

सयपत्री हाइड्रोपावरको आइपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । मंगलबार लगानीकर्ताहरुले कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थिायो । सीडीएसका अनुसार सोमबार असार १६ गते साँझ सम्ममा ११ लाख ९५ हजार ८७५ जनाले १ करोड ३६ लाख ४८ हजार ८०० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१  कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १०  कित्तादेखि अधिकतम ३० हजार  कित्तासम्म आवेदन दिन सकिन्छ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।