७ जेठ, २०८१ सोमबार

03:52:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैतडीमा एक हप्तादेखि विद्युत् सेवा बन्द छ, सञ्चालनमा ध्यान छैन

Nepal Business

१६ साउन, २०७९

विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ ।

बैतडीमा एक हप्तादेखि विद्युत् सेवा बन्द छ, सञ्चालनमा ध्यान छैन

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ । 

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ । 

विद्युत् अवरुद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धाकारमा बस्न बाध्य स्थानीय जनक सिंह ठगुन्‍नाले बताए ।

विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । 

चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए ।