७ जेठ, २०८१ सोमबार

10:48:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार ८ उपसूचक राताम्मे

Nepal Business

१६ साउन, २०७९

सोमबार ८ उपसूचक राताम्मे

काठमाण्डौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको छ । 

आज नेप्सेमा सामान्य सुधार आउँदा ८ उपसूचक भने ओरालो लागेको छन् । सोमबार होटल तथा पर्यटन समूहको २ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको ०.१ प्रतिशत, निर्जीवन बीमा समुहको ०.२३ प्रतिशत, अन्य समूहको ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१८ प्रतिशत, जीवन बीमा समूहको ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३९ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको  छ ।