७ जेठ, २०८१ सोमबार

09:31:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार यी कम्पनीको सर्वाधिक कारोबार

Nepal Business

१६ साउन, २०७९

सोमबार यी कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको छ ।

आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेमा सामान्य सुधार आउँदा शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

यस्तै हिमालयन डिस्टलरीको १६ करोड २७ लाख ७३ हजार रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्टको १३ करोड ७६ लाख ७० हजार रुपैयाँ,अपी पावरको १२ करोड ९१ लाख ८९ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।