७ जेठ, २०८१ सोमबार

10:13:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार झिनो अंकले बढ्दा ४ अर्बको कारोबार

Nepal Business

१६ साउन, २०७९

सेयर बजार झिनो अंकले बढ्दा ४ अर्बको कारोबार

काठमाण्डौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १.१५ अंकले बढेर नेप्से परिसूचक २१ सय ९६.२५ विन्दुमा बन्द भएको छ । 

प्रि–ओपनिङमा सेयर बजार १०.६६ अंकले बढेर नेप्से परिसूचक २२ सय ५ विन्दुमा पुगेको थियो । 

सेयर बजार झिना अंकले बढ्दा कारोबार भने उच्च भएको छ । आज ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । भने १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच भएका छन् । 
आज ८ वटा उपसमुहहरु घटेका छन् भने बाँकी बढेका छन् कम्पनीहरुमा बुलवल पावर कम्पनी ६.९५ प्रतिशत, सिटिजन्स म्युचल फण्ड ६.४५ प्रतिशत र गुडवील फाइनान्स कम्पनी ६.२३ प्रतिशतले बढेका छन् ।