७ जेठ, २०८१ सोमबार

05:31:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला त ?

Nepal Business

१६ साउन, २०७९

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला त ?

काठमाण्डौँ । भारतले इन्धनको मूल्य पुनः घटाएर पठाएको छ । सोमबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको हो । 

यसभन्दा अघि पनि भारतले इन्धनको मूल्य घटाएर पठाएको थियो । अघिल्लो पटक भारतले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य घटाएन । 

निगम अझै घाटामा गइरहेको कारण देखाउदै निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटे अनुसार निगमले पनि इन्धनको मूल्य घटाउला त ?