७ जेठ, २०८१ सोमबार

06:57:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छुट्ला है ! सयपत्री हाइड्रोपावरको आइपीओ खरिद गर्ने भोली अन्तिम दिन

Nepal Business

१६ साउन, २०७९

छुट्ला है ! सयपत्री हाइड्रोपावरको आइपीओ खरिद गर्ने भोली  अन्तिम दिन

काठमाण्डौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ खरिद गर्ने भोली मंगलबार  अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनँएको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३  कित्ता  सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१  कित्ता  कर्मचारीका लागि सुरक्षित गरिएको हो । बाँकी ६ लाख ७० हजार ५८६  कित्ता  सर्वसाधारणका लागि निष्कासन गरिएको थिायो ।