९ मंसिर, २०८१ आइतबार

01:56:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

Nepal Business

१६ साउन, २०७९

अभियान लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

काठमाण्डौं । अभियान लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यहि साउन १८ गतेदेखि सर्वसाधारणका लागि ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र  १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।  यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।