९ मंसिर, २०८१ आइतबार
01:49:05 PM
१६ साउन, २०७९
काठमाण्डौं । गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमाससम्ममा नाडेप लघुवित्तको खुद नाफा घटेको छ । एक वर्षको अवधिमा कम्पनीले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यस अवधिमा २८.९६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १७.९५ प्रतिशतले घटेर ३९ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा पनि ४७.७५ प्रतिशतले घटेर १३ करोड ४ लाख रुपैयाँमा आएको छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ४९ पैसा (वार्षिक) कायम भएको छ ।